मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा सुदूरपश्चिम अध्यक्षमा जोशी

नेकपा सुदूरपश्चिम अध्यक्षमा जोशी


धनगढीः नेकपा (प्रचण्ड–नेपाल) समूहको सुदूरपश्चिम प्रदेश अध्यक्षमा भानुभक्त जोशीलाई मनोनित गरिएको छ।

नेकपा विभाजन पूर्व प्रदेश अध्यक्ष रहेका कर्ण थापा नेकपा ओली समूहमा लागेपछि प्रदेश सह–इन्चार्ज रहेका जोशीलाई प्रचण्ड–नेपाल समूहले अध्यक्षमा मनोनित गरहेको हो।

सो समूहको स्थानीय कमिटिले प्रदेश अध्यक्षको जिम्मेवारी टुंगो लगाउन पार्टी अध्यक्षद्वय प्रचण्ड र माधव नेपाललाई जिम्मेवारी दिएको थियो।

माघ १७ गते धनगढीमा आयोजित सो समूूहको जनसभाको अवसरमा अध्यक्षद्वय प्रचण्ड र नेपालले जोशीलाई अध्यक्षको जिम्मेवारी दिएको प्रदेश सचिव नेपबहादुर चौधरीले जानकारी दिए।

प्रदेश अध्यक्ष जोशीले आइतबार एक विज्ञप्ती जारी गर्दै जनसभामा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका छन्।