अछाम : मालिका आधारभुत विद्यालय मंगलसेन नगरपालिका वडा नम्बर ६ ठुलासेनको २१ औं अभिभावकक भेला तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यावस्थापन समितीका अध्यक्ष हेमराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष जनकराज भण्डारी रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी भण्डारीले शिक्षाकाे विकास पहिलाे आवश्यकता भएको भन्दै यसका लागि शिक्षाकाे विकासका लागि वडा कार्यालय लागिरहेको बताए । मालिका आधारभूत विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेकाे र आगामी दिनमा अझै यसमा ध्यान दिनुपर्नेमा जाेड दिए ।
कार्यक्रममा वडा सदस्य द्वय नरपति भण्डारी र देबेन्द्र प्रसाद भण्डारीले विद्यालयकाे लागि वडाले सकेजति सहयाेग गरिरहेकाे भन्दै अन्य विद्यालय भन्दा यश विद्यालयकाे आवश्यकता बढि रहेकाेले साेही अनुसार सहयाेग गर्न प्रयास गर्ने बताए ।
प्रधानाध्यापक भक्तराज ढुंगानाले कार्यक्रममा विद्यालयको समसामयिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वडा कमिटी अध्यक्ष चक्र प्रसाद भण्डारी, नेपाली काङ्ग्रेस नगर सभापति तथा संस्थापक प्रधानाध्यापक पुष्पराज भण्डारी, गंगा माबिका सहायक प्रअ तथा संस्थापक सेतिराम भण्डारी, संस्थापक टंकप्रसाद भण्डारी, पूर्व प्रअ महादेव भण्डारी, लगायतले शुभकामना मन्त्व्य राखेका थिए।
शिक्षक, अभिभावक, विद्यार्थी , पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रमको विद्यालयका शिक्षक गायत्री भण्डारीले स्वागत मन्तव्य र संचालन विधालयका सहायक प्रधानाध्यापक टेकराज भण्डारीले गरेका थिए।
नयाँ व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन, अध्यक्षमा पुन भण्डारी
भेलाकाे बन्द सत्रले नयाँ व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन गरेकाे छ । भेलाले पुनः हेमराज भण्डारीको अध्यक्षतामा सर्वसम्मत व्यस्थापन समिति गठन गरेकाे छ ।
जसमा सुवानाथ भण्डारी, निर्मला भण्डारी, भवानी प्रसाद भण्डारी, साबी भण्डारी, तुलक्षा सञ्ज्याल लगायतका सदस्य रहेका छन् । यस्तै गाेविन्द साेवकाे अध्यक्षतामा ९ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन गरिएको छ ।
जसमा नमराज भण्डारी, धाैली भण्डारी, जैसरा नेपाली, सर्प बहादुर थ्यायत, जसु जैसी, डण्डी प्रसाद भण्डारी, मनिषा भण्डारी र रबिन्द्र ढकाल सदस्य रहनु भएको छ ।
प्रतिक्रिया