मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्यानमारबारे छलफल गर्न राष्ट्रसंघ सुरक्षा परिषदको बैठक बस्दै

म्यानमारबारे छलफल गर्न राष्ट्रसंघ सुरक्षा परिषदको बैठक बस्दै


काठमाण्डौ । म्यानमारमा सेनाले सत्ता हत्याएपछि त्यसबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक बस्ने भएको छ । मंगलबार बस्ने बैठकमा सैन्य कू पछिको म्यानमारको अवस्थाबारे छलफल हुने जनाइएको छ ।

म्यानमारमा भएको पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गरेर सो विषय छलफलको पहिलो प्राथमिकतामा ल्याउनु सुरक्षा परिषदका सदस्यहरु सहमत भएको संयुक्त राष्ट्रसंघमा बेलायती राजदूत बारबरा वूडवार्डले बताएकी छन् ।

यसैबिच अमेरिकी राष्ट्रपति जो बाइडेनले सैन्य कू म्यानमारको प्रजातान्त्रिक प्रक्रिया र कानूनी शासनमाथिको सीधा आक्रमण रहेको भन्दै निन्दा गरेका छन्, ‘अमेरिकाले गएको दशकमा प्रजातन्त्रको मार्गमा भएको प्रगतिलाई हेरेर म्यानमारमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो ।

तर अहिलेको अवस्थालाई हेरेर हाम्रा प्रतिबन्ध सम्बन्धी कानूनहरु तत्काल हेरिनु पर्ने भएको छ र सोही अनुसार कार्य हुनेछ ।’ उनले सैन्य कू को फलस्वरुप म्यानमारमाथि प्रतिबन्ध लगाउन सकिने चेतावनी दिएका हुन् ।

म्यानमारको सेनाले स्थानीय समय अनुसार सोमबार बिहानै सत्तारुढ नेशनल लिग फर डेमोक्रेसी ९एनएलडी० पार्टीकी नेतृ आङ साङ सूकीसहित शीर्ष नेतालाई गिरफ्तार गरि सत्ता नियन्त्रणमा लिएको हो । सेनाले एक वर्षका लागि संकटकालको घोषणा समेत गरी कर्फ्यूसमेत लगाइरहेको छ ।