काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको (नेकपा)ले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । ओली समूहले आज नारायणहिटी संग्राहलय अगाडि आमसभा गर्ने तयारी गरेको छ ।
आम सभाभाका लागि दरबार मार्गका रोड डिभाइडर हिजो नै हटाइएको छ । आजको आमसभामा ओली समूहले ३ लाख कार्यकर्ता उतार्ने दाबी गरेको छ ।
यसका लागि काठमाडौं उपत्यका बाहिरबाट पनि कार्यकर्ता ल्याउने तयारी गरिएको छ । सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
काठमाडौंमा जम्मा भएका कार्यकर्ताहरु विभिन्न १३ ठाउँबाट प्रदर्शनसहित सभास्थल नारायणहिटी पुग्ने छन् । दिउँसो १२ बजेबाट सभा सुरु हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि विभाजित भएको नेकपाको एउटा पक्षको नतृत्त्व ओलीले गरेका छन् भने अर्को पक्षको नेतृत्त्व पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले गरेका छन् ।
प्रतिक्रिया