काठमाण्डौ – राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।
एन्फा कम्प्लेक्समा दिउँसो १२ बजे त्रिभुवन आर्मी फुटबल क्लब र स्याङ्जाको वालिङ नगरपालिकाबीचको खेल हुनेछ ।
यस्तै दिउँसो ३ बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीचको खेल हुनेछ ।
यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० गोलले पराजित गरेको छ ।
एपीएफ १८ अंकसहित शीर्षस्थानमा रहेको छ ।
प्रतिक्रिया