काठमाण्डाै – आज नेपालका प्रथम सहिद लखन थापाको १४४ औं स्मृति दिवस उहाँको जन्मस्थल गोरखाको सहिद लखन गाउँपालिका-८ बुङ्कोटमा विशेष कार्यक्रम गरेर मनाइँदै छ ।
लखन थापामगर स्मृति प्रतिष्ठान र नेपाल मगर सङ्घको आयोजनामा आज देशभरि विविध कार्यक्रमको आयोजना गरिएको नेपाल मगर सङ्घले जनाएको छ ।
स्मृति दिवसका अवसरमा गएको माघ २८ गतेदेखि विद्यालय स्तरीय खेलकुद कार्यक्रम, खुला दौडलगायतका कार्यक्रम गरिएको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले बताए।
जहानियाँ राणा शासनविरुद्ध आन्दोलन चलाएको भन्दै थापालाई १९३३ साल फागुन २ गते गोरखाकाे बुङ्कोटमा खिर्राको रुखमा झुन्ड्याएर हत्या गरिएको थियो ।
लखन थापामगरको बलिदान र योगदानको कदर गर्दै सरकारले उहाँलाई २०५६ सालमा सहिद घोषणा गरेको थियो भने २०७२ साल असोज ३ गते औपचारिक रुपले नेपालको पहिलो सहिदको दर्जा प्रदान गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया