मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीले तीन वर्षका ‘उपलब्धि’ सार्वजनिक गर्ने

प्रधानमन्त्रीले तीन वर्षका ‘उपलब्धि’ सार्वजनिक गर्ने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार वर्तमान सरकारका तीन वर्षका ‘उपलब्धि’ सार्वजनिक गर्ने भएका छन् । बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारबाट सरकारको उपलब्धि सार्वजनिक गरिने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

ओलीले दोस्रोपटक २०७४ फागुन ३ गते प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । त्यसदिन तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । सरकारका तीन वर्ष पुगेकै उपलक्ष्यमा भूकम्पपश्चात् पुनर्निर्माण गरिएको सिंहदरबारको मुख्य भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको थापाले जानकारी दिएका छन् ।

२०७२ सालको विनाशकारी भूकम्पले सिंहदरबारको पूर्व,उत्तर र दक्षिणतर्फ भवन क्षतिग्रस्त तुल्याएको थियो । प्रबलीकरण प्रविधिबाट पुनर्निर्माण गरिएपछि अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय त्यहीँबाट सञ्चालन हुने थापाको भनाइ छ ।

सरकारका तीनवर्षे उपलब्धि सार्वजनिक गर्ने सिलसिलामा प्रधानमन्त्री झन्डै ११ महिनापछि सिंहदरबार प्रवेश गर्दै छन् । २०७६ चैतबाट लकडाउन सुरु भएयता प्रधानमन्त्रीले बालुवाटारबाटै काम–कारबाही गर्दै आएका छन् । प्रधानमन्त्री पछिल्लोपटक २०७७ चैत २० गते सिंहदरबार गएका थिए ।