मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँमै पुगेर २ सय जनालाई नागरिकता वितरण

गाउँमै पुगेर २ सय जनालाई नागरिकता वितरण


टेकराज भण्डारी, अछाम : जिल्लाको विकट क्षेत्र तुर्माखाँद गाउँपालिका वडा नम्बर १ र २ मा प्रमुख जिल्ला अधिकारी सहितको टोलीले नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ ।

जिल्ला सदरमुकामबाट टाढा रहेको र सडक सञ्जालसंग समेत नजोडिएको तुर्माखाँद गाउँपालिकाका २ वडाका २ सय जनालाई नागरिकता प्रदान गरिएको जिल्ला प्रशाशन कार्यालयले जनाएको छ ।

वडा नम्बर १ रहफका १ सय ३२ जना र वडा नम्बर २ भुलुका ६८ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिए ।

माघ ३० र फागुन १ गते विदाको दिनमा कार्यालयको काम प्रभावित नहुने गरि गाउँमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

नागरिकता वितरणका साथै प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा तुर्माखाँद गाउँपालिका, वडा नं. २ का सरोकारवालाहरुसँग सार्वजनिक सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया र छाउपडी प्रथाबारे सचेतना समेत गरिएको छ ।

सरकारी निकायबाट प्रदान गरिने सेवा सुविधा, नागरिकले पाउनुपर्ने सेवा, अधिकार तथा नागरिकका कर्तव्य लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो । साथै छाउपडी कुप्रथाबारे सचेतना फैलाउँदै सबैलाई घरमै सुरक्षित तरिकाले बस्न आग्रह गरिएको छ ।

यदि कसैलाई बाध्य पारेर छाउगोठमा बस्न बाध्य पारेमा वा बसेमा मुलुकी अपराध संहिता अनुसार कारबाही गरिने समेत जानकारी गराईएको थियो । साथै जिल्लाव्यापी अभियानको रुपमा सुरु भएको राष्ट्रिय परिचयपत्रको विवरण दर्ता कार्यको अनुगमन गरिएको छ ।

“भुलु र रहफका सेवाग्राही तथा जनप्रतिनिधिबाट नागरिकता लिन भौगोलिक कारणले निकै कठिनाई भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयबाट १ हप्ता कर्मचारी खटाई सम्बन्धित वडामै २ सय नागरिकता जारी गरी वितरण गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

अछामको विकट क्षेत्र भुलुमा यसअघि पहिलो पटक तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य पुग्नुभएको र दोस्रो पटक प्रमुख जिल्ला अधिकारी उपाध्याय पुग्नुभएको र नागरिकका गुनासोलाई सम्बोधन गर्नुभएको स्थानीयले बताएका छन् ।