अछाम : जिल्लामा पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका नागरिकहरू लाई खोप लगाउने अभियान सुरु भएको छ ।
जिल्लाका ३ ठाँउबाट कोभिड १९ विरुद्धको खोप लगाउने अभियान सुरु भएको हो ।
जिल्ला अस्पताल मङल्सेन, बयालपाटा अस्पताल र कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र कमलबजार बाट खोप अभियान सुरु भएको हो ।
दोस्रो चरणमा जनप्रतिनिधि, कर्मचारी, संचारकर्मी, र बैंकका कर्मचारीलाई खोप लगाइदै छ ।
बयालपाटा खोप केन्द्र बाट साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुवर, उपप्रमुख बिर्मला बुढथापाले पनि खोप लगाएका छन् ।
प्रतिक्रिया