मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस अछामद्वारा मंगलसेनमा बिरोध प्रदर्शन

कांग्रेस अछामद्वारा मंगलसेनमा बिरोध प्रदर्शन


अछाम । नेपाली कांग्रेस अछामले सरकारका विरुद्ध सदरमुकाम मङल्सेनमा बिरोध प्रदर्सन गरेको छ । सरकारले गरेको असम्बैधानिक कदमका विरुद्ध कांग्रेसले देशैभर प्रदर्शन गरेको हो ।

सोहि अन्तर्गत अछाममा पनि बिरोध प्रदर्सन गरिएको कांग्रेस अछामले जनाएको छ । नेकपाको सरकारले संविधान माथी कु गरेको, आफ्नो पार्टीको विवादका कारण देशलाई अन्योलमा पारेको, भ्रष्टाचार, अनियमिततामा चुर्लुम डुबेको भन्दै देशैभर बिरोध भैरहेको छ ।

नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको निर्देशन अनुरुप सोमबार देशभरी प्रदर्सन गर्ने कार्यक्रम अन्तर्गत अछाम जिल्लामा पनि बिरोध र्याली निकाल्दै बिरोध प्रदर्शन गरेको हो ।


केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटन, असंबैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध असंबैधानिक संसद बिघटन खारेज गर, संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दाबाद ,भागरथी भट्ट लाई न्याय दे लगायतका विभिन्न नारा लगाएर काँग्रेस पार्टी कार्यलयबाट सुरु गरिएको बिरोध र्याली मंगलसेन बजार परिक्रमा गर्दै कोणसभामा परिणत गरिएको थियो ।

कोणसभामा प्रमुख बक्ताको रूपमा बोल्दै नेपाली काङ्ग्रेसका पुर्व पाटी सभापति एवं महासमिति सदस्य मेघराज खड्काले प्रधानमन्त्री केपि वलि र रास्ट्रपति बिधादेबि भण्डारीले संविधानमा संसद विघटन गर्न पाउने अधिकार नहुँदा पनि तानाशाही रूपमा संसद विघटन गरेर ठुलो गल्ती गरेको बताए ।

संसद बिगठन कार्य असंबैधानिक र अलोकतान्त्रिक भएकोले यसका विरुद्ध नेपाली कांग्रेस सडकमा आएको बताए । उनले काग्रेस नागरिकको पार्टी भएकाले कांग्रेसको सडक सघर्समा साथ दिन अनुरोध गरे।

लोकतन्त्र ल्याउनका लागि गरिएको जनताको योगदानको कदर नै नगरी संसद विघटन गर्नु अलोकतान्त्रिक पद्धती भएकाले तत्काल यो निर्णय सच्याउन खड्काले आग्रह गरेका छन् ।

पार्टी उप सभापति नयाँ राम बजगाइको सभापतित्वमा भएको बिरोध सभामा पुर्व राजदुत बल बहादुर कुवर ,महासमिति सदस्य एवं महिला संघका अध्यक्ष अनुराधा स्वार कांग्रेस युवा नेता पुष्पराज शर्मा, सुरत बिष्ट लगायतले बिरोध मन्तव्य राखेका थिए।

बिरोध सभाको संचालन पाटी सचिव नमबहादुर शाहीले गर्नु भएको काङ्ग्रेस अछामकापार्टी प्रबक्ता वेदप्रकाश तिमिल्सैनाले जानकारी दिए।