मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि, मुख्य एजेन्डा महाधिवेशन

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि, मुख्य एजेन्डा महाधिवेशन


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउँसो २ बजे बस्दै छ । कांग्रेसले २०७७ फागुन ७ गतेदेखि १० गते सम्मका लागि आह्‍वान गरेको चौधौं महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बुधबार केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरी नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बुधबार केन्द्रीय कार्य समितिको बैठक बस्न लागेको बताए । बैठकमा पार्टीको आन्तरिक जीवन, क्रियाशील सदस्यता वितरणलगायत विषयमा भएको प्रगतिका सम्बन्धमा पनि छलफल हुने बताए ।

संसद् विघटनसम्बन्धी विषयलाई सर्वोच्च अदालतले टुङ्गो लगाएपछि राष्ट्रिय राजनीतिले मार्ग प्राप्त गर्ने भएकाले त्यसपछि मात्रै नयाँ मिति तय गर्ने अथवा अगाडि तय गर्ने भन्ने सम्बन्धमा छलफल हुने प्रवक्ता शर्माले बताए ।

यस्तै गत पुस ५ गते बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले संसद् विघटनलाई अवैधानिक, अलोकतान्त्रिक एवं राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णयअनुसार विभिन्न कार्यक्रम गरेको र ती कार्यक्रमको समीक्षासमेत बैठकमा हुने प्रवक्ता शर्माले बताए ।