मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्लामा भईरहेका विकास निर्माणका काम छिटो सक्ने गरी पहल गर्न प्रजिअ उपाध्यायको निर्देशन

जिल्लामा भईरहेका विकास निर्माणका काम छिटो सक्ने गरी पहल गर्न प्रजिअ उपाध्यायको निर्देशन


अछामका कार्यालय प्रमुखहरुको बैठक बयालपाटा अस्पतालमा

अछाम । अछाम जिल्लाका कार्यालय प्रमुखहरुको बैठक बयालपाटा अस्पतालमा सम्पन्न भएको छ । मासिक बैठक अन्र्तगत फागुन महिनाको बैठक बयालपाटा अस्पतालमा सम्पन्न भएको हो ।जिल्ला प्रशासन कार्यालय अछामको आयोजना तथा बयालपाटा अस्पतालको सहकार्यमा बैठक सम्पन्न भएको बैठकको अध्यक्षता गर्नुभएका अछामका प्रमुख जिल्ला अधिकारी गोर्कण प्रसाद उपाध्यायले बताए ।

आजको बैठकमा बयालपाटा अस्पतालले प्रदान गरिरहेका सेवा र अस्पतालको स्थितीका बारेमा अस्पतालका अर्थोपेडिक सर्जन डा. मन्दिप पाठकले सहभागीहरुलाई जानकारी गराएका थिए भने अस्पतालका चुनौती र समस्याका बिषयमा छलफल भएको थियो । अस्पतालले दिईरहेको सेवा दिर्घकालिन गर्न स्थानिय निकायलाई सहयोगका लागि आग्रह गर्ने र सोको सहजिकरण आफुले गर्ने प्रजिअ उपाध्यायले बचन दिएका छन् ।

यस्तै बैठकमा प्रमुख जिल्ला अधिकारी उपाध्यायले विभिन्न कार्यालयबाट भईरहेका कामका बारेमा जानकारी लिएका थिए । साथै उनले जिल्लामा भईहरेका विकास निर्माण लगायतका क्षेत्रमा बढी केन्द्रित भएर छिटो काम सक्ने गरि पहल गर्न सम्बन्धीत कार्यालयलाई निर्देशन दिएका थिए ।

जिल्लामा हुने गरेका विभिन्न विकास निर्माणका कामहरुको प्रभावकारी अनुगमन हुनुपर्नेमा प्रजिअ उपाध्यायको जोड थियो । सड्क छेउछाउमा अतिक्रमण गरि निर्माण गरिएका टहरा तथा सामान र अन्य फोहोर थुपार्ने कार्य तत्काल हटाउनका लागि सम्बन्धीत पालिकाले सुचना जारी गर्ने निर्णय समेत बैठकमा भएको छ ।

साथै पर्सी फागुन ७ गते प्रजातन्त्र दिवस सफल र सभ्य रुपमा मनाउन आवश्यक तयारी स्वरुप समन्वय तथा छलफल गर्ने तथा छाउपडी कुप्रथालाई न्यूनिकरण गर्न दोश्रो चरणमा सम्बन्धीत पालिकाले अनुगमन गर्ने त्यसको प्रतिवेदन पेश गर्ने लगायतका निर्णय समेत बैठकमा भएका छन् ।

बैठक सुरु हुनुपुर्व सहभागीहरुको सामान्य स्वास्थ्य परिक्षण पनि गरिएको थियो । बयालपाटा अस्पतालमा कार्यरत नर्सहरु निरा पुनमगर र पार्वती टमट्टाले बैठकमा सहभागीहरुको रक्तचाप लगायतका सामान्य स्वास्थ्य जाँच गरेका थिए ।

आफ्नो रक्तचापको जानकारी लिदैँ अछामका प्रमुख जिल्ला अधिकारी गोर्कण प्रसाद उपाध्याय

हरेक कार्यालयबाट प्रदान गरिने सेवालाई प्रभावकारी तथा पार्दशी रुपमा अगाडी बढाउन समेत प्रजिअ उपाध्यायले सबै कार्यालय प्रमुखलाई आग्रह गरेका थिए । मासिक रुपमा जिल्लाका बिभिन्न ठाँउमा घुम्ती रुपमा बैठक गर्ने निर्णय भए अनुसार यसपटकको बैठक बयालपाटा अस्पतालमा गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले सुदूरआजलाई बताए ।