मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पताललाई आर्थिक सहयोग गर्ने बिषयमा स्थानिय तहहरु सकरात्मक

बयालपाटा अस्पताललाई आर्थिक सहयोग गर्ने बिषयमा स्थानिय तहहरु सकरात्मक


अछाम । अछाम जिल्लाका स्थानिय तहहरु बयालपाटा अस्पताललाई आर्थिक सहयोग गर्न सकरात्मक देखिएका छन् । अस्पतालको दिर्घकालिन सेवाका लागि आवश्यक पर्ने आर्थिक सहयोग गर्न जिल्लाका स्थानिय तह सकरात्मक देखिएका हुन् ।

बिदेशी दातृ निकायको सहयोग कम हुदैँ गएपछि अस्पतालले आर्थिक भार खेप्नु परेका कारण अस्पताल व्यावस्थापनमा कठिनाई भएको भन्दै विभिन्न समयमा कुरा उठ्न थालेपछि अछामका प्रमुख जिल्ला अधिकारी गोर्कण प्रसाद उपाध्यायले यसको सहजिकरण गर्न नेतृत्व लिएका छन् ।

पत्रकार, सामाजिक संञ्जाल, सचारमाध्यम, समाजसेवी तथा बयालाटा अस्पतालबाटै अस्पतालको सेवा दिर्घकालिन गर्न स्थानिय तहहरुले आर्थिक सहयोग गर्नुपर्ने माग लगायतका कुरा उठेपछि प्रजिअ उपाध्यायले यसको सहजिकरण गरेका हुन् ।

मंगलबार जिल्ला प्रशासन कार्यालयको आयोजनामा भएको मिट द प्रेसमा पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीले बयालपाटा अस्पताल दिनदुखी, गरिब र अहासयका लागि बरदान भएको भन्दै यसको दिगोपनाका लागि स्थानिय निकायहरुले पनि अपनत्व लिनुपर्ने र आर्थिक सहयोग गर्नुपर्नेमा जोड दिनुका साथै सहजकिरणका लागि खत्रीले प्रजिअलाई आग्रह समेत गरेका थिए ।

सो कुरालाई मध्यनजर गर्दै प्रजिअ उपाध्यायले बुधबार जिल्लाका कार्यालय प्रमुख र बिहिबार मंगलसेनमा अछामका सबै स्थानिय तहका प्रमुख तथा प्रशासकिय प्रमुखहरु संग समिक्षा तथा समन्वय बैठकको आयोजना गरि अस्पतालका लागि आर्थिक सहयोग गर्न आग्रह गरेका थिए ।

सोही क्रममा स्थानिय तहका प्रमुखहरुले पनि अस्पताल बाट आर्थिक सहयोग माग भई आएमा उपलब्ध गराउन सकिने उल्लेख गरेका छन् । अस्पतालले यस क्षेत्रका जनतालाई निशुलक सेवा प्रदान गरिरहेकामा सबै एकमत हुदैँ सहयोग गर्न सकरात्मक देखिएका हुन् ।

बयालपाटा अस्पताललाई साँफेबगर नगरपालिकाले ७५ लाख, चौरपाटी गाँउपालिकाले २५ लाख, मेल्लेख गाँउपालिकाले १० लाख, पूर्वीचौकी गाँउपालिका डोटीले ५ लाख, रामारोशन गाँउपालिकाले ५ लाख, बान्नीगढी जयगढ गाँउपालिकाले २० लाख र त्रिबेणी नगरपालिका बाजुराले २२ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए ।

त्यसमध्ये बाट हालसम्म साँफेबगर नगरपालिकाको २५ लाखको औषधी खरिद गर्न अनुमति, रामारोशन र पूर्वीचौकीबाट रकम निकासा गर्न अन्तिम चरणमा पुगेको प्रतिबद्धता बाहेक अन्य स्थानिय तहबाट रकम निकासाको जानकारी नभएको पाईएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश सरकारबाट घोषणा भएको ७ करोड रकम मध्ये हालसम्म २ करोड मात्र निकासा भएको छ भने अन्य रकम अझै निकाशा हुन नसकेको बताईएको छ । बयालपाटा अस्पतालले यस क्षेत्रका जनतालाई बिगत सन् २००८ देखि निशुल्क रुपमा स्वास्थ्य सेवा दिदैँ आएको छ ।