काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिंदै प्रजातन्त्र भनेको आवधिक निर्वाचन मात्र नभएको बताएका छन्। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै शाहले निर्वाचन, दल विशेषको शासन प्रणाली मात्र नभएर सामाजिक जीवन पद्धति पनि भएको बताएका हुन्।
शाहले हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुसीमा मात्र प्रजातन्त्रको प्राण अटूट रहने उल्लेख गरेका छन्। विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको प्रजातन्त्रको रक्षा पनि सहमतिबाटै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिनप्रतिदिन जटिलतामा फस्दै गएको महसूस आम नेपालीले गरिरहेका छन्।’
पूर्वराजाले प्रजातन्त्र आधुनिक शासन पद्धतिको सर्वोत्तम विधि भएको बताएका छन्। प्रजातन्त्र प्राप्तिको ७० वर्षपछि पनि प्रजातन्त्रकै विषयमा द्वन्द्व र बहसमै व्यस्त हुनु दुःखद भएको शाहले जनाएका छन्।





















प्रतिक्रिया