मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गौरवमय इतिहासको स्मरण गर्दै प्रजातन्त्र दिवसमा कांग्रेस सभापतिको शुभकामना

गौरवमय इतिहासको स्मरण गर्दै प्रजातन्त्र दिवसमा कांग्रेस सभापतिको शुभकामना


काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रजातन्त्र दिवसमा शुभकामना वक्तव्य जारी गरेका छन् । गौरवमय इतिहासको स्मरण गर्दै जारी गरेको वक्तव्यमा फागुन ७ गते नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको भन्दै समस्त नेपाली दिदीबहिनी दाजुभाइलाई संवोधन गरी शुभकामना व्यक्त गरेका हुन् । 

“७० वर्ष अघि २००७ को कात्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जन–क्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको थियो,” देउवाले वक्तव्यमा उल्लेख गरेका छन्,  “राजनैतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्ग प्रसस्त गरेको थियो । मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश गर्यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण गर्यो ।”

सभापति देउवाले समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ को परिवर्तन र ०६२/६३ को आन्दोलनमार्फत संघीयता र गणतन्त्रसम्मको यात्राको जननी पनि फागुन ७ को क्रान्ति नै भएको बताएका छन्। “ऐतिहासिक त्यो घडी संभव तुल्याउने शहीदहरु एवं जननायक वीपी कोइरालालगायत अग्रज नेतृत्वप्रति उच्च श्रद्धा र सम्मान ब्यक्त गर्दछु,” देउवाले उल्लेख गरेका छन् ।

संसद विघटन विरुद्धको आन्दोलनमा फागुन ७ को मितिले विशेष उर्जा प्रदान गर्ने देउवाले विश्वास व्यक्त गरेका छन् । – बारह्खरी