मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पार्टिलाई बलियो बनाउन युवालाई प्रोत्साहन दिनु पर्नेमा काङ्ग्रेस सचिव शाहीको जोड

पार्टिलाई बलियो बनाउन युवालाई प्रोत्साहन दिनु पर्नेमा काङ्ग्रेस सचिव शाहीको जोड


अछाम : नेपाली कांग्रेस मंगलसैन नगरपालिका वडा नम्बर ६ र ७ को अगुवा कार्यक्रता भेटघाट कार्यक्रम सम्पन्नं भएको छ । नेपाली कांग्रेस मंगलसैन नगरपालिका वडा नम्बर ७ का वडा सभापति पदम थ्यायत खडकाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस जिल्ला सचिब नम बहादुर शाही  रहेका थिए ।

नेता शाहिले जनताको हरेक विकास निमार्ण तथा जिविको पार्जनको सवालमा नेपाली काङ्ग्रेस  गम्भीर भएको बताए । उनले पार्टिलाई बलियो बनाउन युवाशक्तिलाई प्रोत्साहन दिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सह सचिब तथा पार्टी प्रवक्ता बेदप्रकाश तिमिल्सैना र क्षेत्रीय सभापती लक्ष्मण शाह बिशिस्ट अतिथी रहेका थिए । बिशिस्ट अतिथी द्द्य तिमिल्सैना र शाहले नेपाली कांग्रेसलाई बलियो बनाउन सबै एक जुट हुनु पर्ने उल्लेख गरे । पार्टिको  महाधिबेशनको संघारमा स्थानिय स्तरका नेता कार्यकर्ता बिच गुट उपगुट नबनाई पार्टिलाई बलियो बनाउने तर्फ लाग्नु पर्नेमा उनीहरुको जोड थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला आमन्त्रित सदस्य तथा वडा न ६ का वडाध्यक्ष जनक राज भन्डारी, नेपाल शिक्षक सघका हर्क बहादुर बिस्ट, नेपाल प्रेस युनियनका उपाध्यक्ष नमराज भन्डारी, सचिब सुशील भन्डारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा मन्तव्य राख्दै उनीहरुले नेपाली काङ्ग्रेसले नेतृत्व गरेका स्थानिय सरकारले जनताको हरेक सुख दुखमा शसक्त रुपमा लाग्नु पर्नेमा जोड दिएका थिए ।

नेपाली कांग्रेस मंगलसैन नगरपालिका वडा नम्बर ६ र ७ वार्ड समितिको सयुक्त आयोजनामा भएको कार्यक्रममा वडा स्तरका अगुवा नेता तथा कार्यक्रता, बिभिन्न भातृसंगठनका प्रमुख तथा प्रतिनिधि, सुबेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।