तपेन्द्र धामी, अछाम : समृद्ध नेपाल निर्माणका लागि प्रजातन्त्र भन्ने विषयमा विद्या मन्दिर नमूना माध्यमिक विद्यालयमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । पन्चदेवल विनायक नगरपालिकाको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
पन्चदेवल विनायक नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर माझीको अध्यक्षतामा भएको बक्तृत्वकला प्रतियोगितामा पन्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा प्रमुख अतिथी रहेका थिए । प्रमुख अतिथीको आसनबाट बोल्दै नगर प्रमुख देवकोटाले पुस ५ गतेलाई नेपाली जनताले कालो दिनको रुपमा लिनुपर्ने धारणा राखे।
७१ औं प्रजातन्त्र दिवसको अवसरमा नगरपालिकाले आयोजना गरेको अन्तर मावि स्तरीय बक्तृत्वकला प्रतियोगितामा प्रमुख अतिथिको रुपमा बोल्नु भएका नगर प्रमुख देवकोटाले प्रधानमन्त्रि केपी शर्मा ओलीको कदम असंबैधानिक र अलोकतान्त्रिक भएको बताए। उनले प्रजातन्त्र आएपछी मात्रैदेशमा विकासको बाटो खुलेको उल्लेख गरे।
कार्यक्रममा बोल्दै पन्चदेवल विनायक नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर माझीले प्रजातन्त्रको सबल पक्षको मात्र कुरा गर्नुभन्दा पनि दुर्वल र बिक्रितीहरुको सुधार गर्न अगुवाहरुलाई खबरदारी गर्नुपर्ने धारणा राखे । कार्यक्रममा बोल्दै पत्रकार रमेश रावतले विद्यार्थीहरुको अद्भुत क्षमताको प्रशंशा गर्दै आगामा दिनमा पनि नगरपालिकाले यस्ता क्रियाकलाप सन्चालन गर्नुपर्नेमा जोड दिए ।
प्रतियोगितमा विद्यामन्दिर नमुना मा.वि.का छात्र माधब तिमिल्सैना प्रथम, चक्र न्यौपाने दृतिय, कुबेर अधिकारी तृतिय र दिनेश तिमिल्सैना शान्त्वना भएका छन । उनिहरुलाई प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरीएको छ ।
पन्चदेवल विनायक नगरपालिकाका शिक्षा शाखा प्रमुख पहलसिंह नेपाली, सूचना प्रविधि अधिकृत ललित बहादुर बुढा, रोजगार संयोजक भरतराज अधिकारी, पन्चदेवल क्याम्पसका क्याम्पस प्रमुख विनिता अधिकारी, विद्या मन्दिर नमूना मा.वि. का प्रधानाध्यापक वीर बहादुर शाही, ईलाका प्रहरी कार्यालयका इन्चार्ज भरत बहादुर रोकाय, प्रशासन शाखा प्रमुख खेमराज ढकाल, लेखापाल ध्रुब बहादुर खत्री, कम्प्यूटर अपरेटर नरेन्द्र भट्ट, कृषि बिकास शाखा प्रमुख महाजित वि.क., समाजसेवी टेक बहादुर शाही लगायतका अतिथीहरु रहेका थिए ।
पन्चदेवल विनायक नगरपालिका शिक्षा यूवा तथा खेलकूद शाखा प्रमुख पहलसिंह नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन पन्चदेवल विनायक नगरपालिका बहुक्षेत्रिय पोषण योजना शाखा संयोजक हंशराज अधिकारीले गरेका थिए ।
प्रतिक्रिया