मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाका कारण थप ३ जनाको मृत्यु, ९७ संक्रमित थपिए

कोरोनाका कारण थप ३ जनाको मृत्यु, ९७ संक्रमित थपिए


काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७३ हजार २६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२४ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या दुई लाख ६९ हजार ६१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या एक हजार ५८३ रहेको छ । हाल आइसोलेसनमा एक हजार ५८३ र क्वारेन्टिनमा ६८ जना छन् । पछिल्लो तथ्यांकानुसार हालसम्म नेपालमा २१ लाख ३४ हजार २६१ को पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।