मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओली सभामुखमाथि खनिए

प्रधानमन्त्री ओली सभामुखमाथि खनिए


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले कसैको दबाबको दुस्प्रयासमा अन्यथा फैसला गर्ने कल्पनासमेत गर्न नसकिने बताएका छन् । शनिबार विराटनगरमाको सभामा बोल्दै ओलीले अब मुलुकलाई अस्थिरतातिर जान नदिने बताउँदै निर्धारित मितिमा निर्वाचन हुने जिकिर पनि गरे ।

“सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेका यस्ता सभालाई हेरेको होला । यस्तो सभाबाट प्रकट भएको जनताको अभिमतलाई हेरेको होला । संविधानको मर्म र भावना हेरको होला । र, यसपछिको परिणतिहरु र मुलुक कता जान्छ भन्ने विश्लेषण गरेको होला । म भन्न चाहन्छु, कुनै भ्रम, अन्योलमा नपरेर चुनावको तयारीमा जुट्नुस्,” उनले भने ।

प्रधानमन्त्री ओलीले तोकिएकै मितिमा निर्वाचन हुने दाबी पनि गरे । उनले कुनै ‘सेटिङ’ भएर देश र जनताको विपक्षमा फैसला भए आन्दोलन पुनः  अघि बढ्ने बताए । उनले सूर्य चिह्न प्रचण्डले मेरो भन्नु ‘सानो बच्चाले पुतली मेरो भनेको जस्तै’ गरेको भन्दै व्यंग्य पनि गरे । उनले अहिलेसम्म सूर्य चिह्नबाट प्रचण्डले चुनाव नलडेको भन्दै सोधे, “उनले सूर्य चिह्न मेरो भन्दा तपाईंहरुलाई हाँसो लागेन ?

सभामुखलाई आरोप
सभामा प्रधानमन्त्री ओली सभामुख अग्निप्रसाद सापकोटामाथि खनिए । उनले सभामुख झगडिया बनेको समेत आरोप लगाए । संवैधानिक निकायमा भएको नियुक्तिको विषयमा सभामुखले हालेको मुद्दाप्रति लक्षित गर्दै उनले भने, “सभामुख बनाइएको थियो, एकजनालाई । उहाँ सरकारकाविरुद्ध मुद्दा हाल्न जानुभएको छ । सरकार वरोधी झगडिया हो सभामुख । सभामुखले झगडिया हुन सुहाउँछ ? उहाँले किर्ते सनाखत गर्नुभएको छ भन्न पनि लाज लाग्छ,”  ओलीले भने ।

प्रचण्डप्रति कटाक्ष
ओलीले सभामा प्रचण्डमाथि व्यंग्य पनि गरे । उनले नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउप्रति लक्षित गर्दै प्रचण्डप्रति कटाक्ष गरे । “प्रचण्डजीको त मलाई यसो माया लाग्छ । पहिले उहाँसँग वैद्य हुुनुहुन्थ्यो । वैद्यले उहाँलाई छोड्नु भो । त्यसपछि उहाँले डाक्टर लिनुभो । डाक्टरले पनि उहाँलाई छोड्नुभो । अहिले एउटा झाँक्री लिनुभा’छ उहाँले । वैद्यबाट डाक्टर, डाक्टरबाट झाँक्री । तर, अब उहाँहरुलाई झाँक्रीले बचाउन सक्दैन । उहाँले गलत बाटो छान्नुभो,” ओलीले भने ।