मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

९ सय बढीलाई आत्मनिर्भर तथा रोजगार बनाउने मेल्लेखको लक्ष्य

९ सय बढीलाई आत्मनिर्भर तथा रोजगार बनाउने मेल्लेखको लक्ष्य


अछाम : मेल्लेख गाउँपाालिकाले बिकास निमार्ण कार्यमा युवाहरुलाई परिचालन गरेको छ । पालिका भित्र हुने बिकास निमार्णका कार्यमा युवाहरुलाई सहभागिता गराई रोजगार सिर्जना गरेको छ ।

पत्रकार सम्मेलनको आयोजना गरी दिगो बिकास र रोजगार,युवाको सरोकार भन्ने नाराका साथ बिकास निमार्णमा युवा दस्तालाई परिचालन गरेको पालिकाका अध्यक्ष लोग बहादुर बोहराले बताए । बिधुत बिस्तारका लागी ५० जना युवाहरुलाई परिचालन गरिएको बोहराले बताए ।

पालिकामा युवा स्वरोजगार कार्यक्रमका लागी ४ करोड २२ लाख ९१ ह्जार ३ सय बजेट रहेको  र ९ सय ५३ जनालाई व्यवसायमा जोडेर रोजगार तथा आत्मनिर्भर बनाउने योजना पालिकाको रहेको बोहराले जानकारी दिए ।

कार्यक्रममा पालिकाका उपाध्यक्ष धन बहादुर शाहीले बिकास निमार्णसगै सामाजिक अभियानका कार्यक्रम सञ्चालन रहेको बताए । उनले बिषेश गरी बालबिवाह न्युनिकरणमा निकै चुनौती रहेको भन्दै अब ठोस कार्य योजना बनाएर आगाडी बढ्ने उल्लेख गरे ।