मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब ओलीले तत्काल राजीनामा दिनुपर्छ : नेकपा दाहाल–नेपाल समूह

अब ओलीले तत्काल राजीनामा दिनुपर्छ : नेकपा दाहाल–नेपाल समूह


काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले असंवैधानिक र प्रतिगामी कदम चाल्ने प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।

संसद् विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको निर्णयपछि संक्षिप्त प्रतिक्रिया दिँदै श्रेष्ठले भने, ‘अब असंवैधानिक र प्रतिगामी कदम चाल्ने प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ।’

उनले अदालतको फैसलाले लोकतन्त्र र संविधानको जित भएको बताए।

उनले भने, ‘संविधानअन्तर्गत आफूलाई दिएको जिम्मेवारी सर्वोच्च अदालतले अत्यन्तै गम्भीरतापूर्वक आत्मसात् गरेर पूरा गरेको छ। देश, संविधान र लोकतन्त्रको रक्षा गरेको छ।’

उनले अब संसद् बैठक बसेर संसदीय प्रक्रियाअनुसार अघि बढ्ने बताए। उनले आफूहरुको आन्दोलनको पहिलो लक्ष्य पूरा भएकाले अब समीक्षा गरेर अघि बढ्ने बताए।