मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाबुराम भट्टराईले भने– कस्तो सुखद् संयोग !

बाबुराम भट्टराईले भने– कस्तो सुखद् संयोग !


काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सुखद् संयोग भनेका छन्।

उपचारको क्रममा भारतको नयाँ दिल्लीमा रहेका भट्टराईले आफ्नो तस्बिरसहित ट्विट गर्दै भनेका छन्,

‘अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खंदै गर्दा मनचाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो।

हिन्दू मिथकको भष्मासुरलाई विष्णुले मोहिनी रूप धारण गरेर वध गरेझैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराएझैं भो।’