मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री भन्छन्– मलाई पनि युवा–युवाजस्तो भइरा’छ

प्रधानमन्त्री भन्छन्– मलाई पनि युवा–युवाजस्तो भइरा’छ


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पनि युवा भएजस्तो लाग्ने गरेको बताएका छन् । मंगलबार राजधानीमा युवा संघको भेलामा उनले यस्तो बताएका हुन् ।

ओलीले अहिले पनि आफूले १८ घण्टा काम गर्ने गरेको सुनाए । “मैले अलिक अस्ति जुँगा कालो हुँदै गएको छ भनेको थिएँ ।

किन जुँगा कालो हुँदै गएको भने तपाइँहरुको शुभकामना, आशीर्वादले अहिले पनि १८ घण्टा काम गर्छु,’’ उनले भने, “युवाहरुको आशीर्वाद भएपछि युवा–युवापन आउँदो र’छ क्या ! मलाई पनि युवा–युवाजस्तो भइरा’छ ।’

उनले आफू युवा संघको आजीवन सदस्य भएकाले बूढो हुन मिल्यो ? भन्दै प्रश्न पनि गरे ।