मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड– नेपाल समूहले देशैभर विजय जुलुस निकाल्दै, १२ बजे शान्तिवाटिकामा

प्रचण्ड– नेपाल समूहले देशैभर विजय जुलुस निकाल्दै, १२ बजे शान्तिवाटिकामा


काठमाडौं । नेकपाको प्रचण्ड– नेपाल समूहले सर्वाेच्च अदालतको फैसलाको स्वागत गर्दै आज देशैभर विजय जुलुस निकाल्ने भएको छ ।

संसद् पुनःस्थापन भएको खुसियालीमा विजय जुलुस निकाल्ने केन्द्रीय कार्यालका सचिव श्रीराम ढकालले जानकारी दिए ।

उनका अनुसार राजधानीको शान्तिबाटिकामा दिउँसो १२ बजे जुलुस निकालिनेछ । जुलुसमा अध्यक्षद्वय पुषपकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहभागी हुने उनले बताए ।

दुबै अध्यक्ष अहिले चितवनमा छन् । उक्त समूहले आज चितवनमा आमसभा आयोजना गरेको थियो ।

मंगलबार चितवन पुगेका अध्यक्षद्वय केहीबेरमा काठमाडौं आउने उनले बताए । सर्वाेच्च अदालतले मंगलबार संसद् विघटन बदर गरेको थियो ।