मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वका धनीको सूचीमा एलन मस्कलाई पछि पारे बेजोसले

विश्वका धनीको सूचीमा एलन मस्कलाई पछि पारे बेजोसले


काठमाडौं– इलेक्ट्रिक कार कम्पनी टेस्लाका मालिक एलन मस्कलाई पछि पार्दै जेफ बेजोस विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन्। 

अघिल्लो महिना (जनवरी) सम्म मस्क विश्वका धनीहरुको सूचीमा पहिलो नम्बरमा थिए। एक महिनामै बेजोसले मस्कलाई पछि पारिदिएका छन्। 

गएको महिना टेस्लाको सेयर मूल्यमा उछाल आएको थियो, जसका कारण एलन मस्कको सम्पत्ति १ खर्ब ८५ अर्ब डलर नाघेको थियो। कम्पनीको सेयर मूल्यमा गिरावट आएपछि मस्क दोस्रो स्थानमा झरेका हुन्।

मस्कलाई उछिनेर एक नम्बरमा आएका जेफ बेजोस अनलाइन सपिङ प्लेटफर्म अमेजनका संस्थापक हुन्। –बीबीसी