काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन् ।
पुष्पकमल दाहाल र माधवकुमार नेपाल देउवा निवास बूढानीलकण्ठ पुगेर सहकार्यको प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ ।
नेकपाका नेताहरुले प्रधानमन्त्रीका लागि प्रस्ताव पनि नगरेको र सहयोगको आग्रह पनि नगरेको स्रोतले जानकारी दिएको छ ।
तीन नेताबीच आगामी दिनमा सहकार्यको प्रस्ताव गरेर अघि जाने भन्ने विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया