मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाहाल-नेपालसँगको भेटपछि देउवाले बोलाए पदाधिकारी बैठक

दाहाल-नेपालसँगको भेटपछि देउवाले बोलाए पदाधिकारी बैठक


काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाको दाहाल–नेपाल पक्षीय नेताहरुसँगको छलफलपछि पार्टीको पदाधिकारी बैठक बोलाएका छन्।

बुधबार दिउँसो बुढानिलकण्ठमा पुष्पमकमल दाहाल र माधव नेपालसँगको छलफलपछि देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका हुन्।

बैठकमा प्रतिनिधिसभा पुनर्स्थापनापछि दाहाल–नेपालले गरेको सहकार्यको प्रस्तावमा छलफल गरिने भएको छ। पदाधिकारी बैठक बिहीबार (भोलि) दिउँसो ३ बजेका लागि बोलाइएको छ।

बुढानिलकण्ठमा भएको छलफलमा दाहाल र नेपालले देउवालाई सत्ता सहकार्यको प्रस्ताव राखेका थिएन्।

‘उहाँहरुबीच समसामयिक विषयमा छलफल भयो। दाहाल नेपालले मिलेर जाऔं भन्नुभयो’, देउवाका स्वकीय सचिव भानु देउवाले भने। जवाफमा देउवाले पार्टीभित्र छलफल गरेर जानकारी गराउने बताएका थिए।