अछाम : जिल्लाका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय सहित सरकारले ३६ प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।
मन्त्रीं परिषदको बैठकले ५२ प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो। अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद उपाध्याय जिल्ला प्रशासन कार्यलय धादिङ सरुवा भएका छन् ।
उपाध्याय धादिङ सरुवा भए पछि उनको ठाउँमा जिल्ला प्रशासन कार्यलय धादिङबाट रुद्र बहादुर मल्ल अछाम आउने भएका छन् । प्रमुख जिल्ला अधिकारी उपाध्याय अछाम आएपछि केही महत्वपुर्ण कामको थालनी गरेका थिए ।
भदौमा अछाम आईसकेपछी उपाध्यायले नागरिकता सचेतना, जिल्लाका १० वटै स्थानिय तहमा पुगेर सेवा प्रवाह कसरी गरिरहेका छन भन्ने बिषयमा सार्वजनिक सुनुवाईको थालनी, छाउपडी प्रथा अन्त्यका लागि अभियान, प्रत्येक महिना जिल्ला प्रशासन कार्यालयबाट प्रबाह हुने सेवा बारे पत्रकार सम्मेलन गर्ने कार्यको थालनी गरेका थिए ।
करिब साढे ६ महिनाको अवधिमा उपाध्यायले अछाममा सामाजिक अभियानका साथै बिकास निर्माणको अबस्थाको बारेमा समेत नियमीत अनुगमन सहीत खबरदारी गर्दै आएका थिए ।




















प्रतिक्रिया