मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था स्थिर

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था स्थिर


काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था स्थिर रहेको  छ । 

जोशीको अवस्था स्थिर रहेको  उनको उपचारमा संलग्न वरिष्ठ न्युरोलोजिस्ट डा. राजिव झाले जानकारी दिए । जोशीको शरीरको  बायाँ पाटो पूरै पक्षघात भएको छ । दाहिने हातखुट्टा भने आज  बिहानदेखि केही चलेको डा. झाले बताए । 

आइतबार बिहान सिटिस्क्यान गरेर रिपोर्ट हेरेपछि थप कुरा बताउन सकिने डा. झाको भनाइ छ ।