अछाम । अछाम जिल्लाको पहिलो सामुदायिक रेडियो रामारोशन एफ.एम. ९२ मेगार्हज अछामको अध्यक्षमा बेदप्रकाश तिमिल्सैना चयन भएका छन् । रेडियो रामारोशनको संचालक समितिको अध्यक्षमा तिमिल्सैना चयन भएका हुन् ।
मातृ संस्था सुदूर संचार समाज नेपालको सातौँ बार्षिक साधारण सभाले तिमिल्सैलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो । तिमिल्सैना रेडियो स्थापनाका संस्थापक मध्येका एक हुन् । उनि अछाम जिल्लामा पहिलो पटक रेडियो स्थापना हुदाँ स्टेशन म्यानेजर भएर काम गरेका थिए भने उनले कार्यकारी निर्देशक भएर समेत रेडियो रामारोशनमा काम गरिसकेका छन् ।
संचार तथा पत्रकारीता क्षेत्रमा पुछारमा रहेको अछाममा जिल्लामा पहिलो पटक रेडियो रामारोशनको स्थापना पश्चात संचार क्षेत्रले गति लिएको थियो । तिमिल्सैनालाई अछाम जिल्लाको पत्रिकारिता क्षेत्रका पूर्नजागरण कर्ताका रुपमा लिईन्छ ।
अध्यक्ष निर्वाचित भएपछि सुदूरआजलाई प्रतिक्रिया दिदैँ तिमिल्सैनाले सुमदायको साथि नारा बोकेको रेडियोलाई अझ थप शसक्त र प्रभावकारी रुपमा अघि बढाउने उद्घोष गरे । गाँउबस्तीको आवाज बनेको रेडियो रामारोशनलाई सुशासन, विकास निर्माण, पार्दशिताका पक्षमा उभ्याउन आफ्नो पहल रहने तिमिल्सैनाले बताए ।
संचालक समिति अध्यक्ष एकिन्द्र कुँवरको अध्यक्षतामा सम्पन्न साधारण सभामा मंगलसेन नगरपालिका वडा न ६ का वडा अध्यक्ष एबम पूर्ब स्टेशन म्यानेजेर जनक भण्डारी प्रमुख अतिथी रहेका थिए।
साधारण सभाले संचालक समितिको उपाध्यक्षमा कृष्ण बुढा, सचिवमा चन्द्र थापा, सहसचिव विक्रम परियार, कोषाध्यक्ष मायाँ देवी बुढा, सदस्यहरु टंक रिमाल, तुलसी थापा, टेकराज भन्डारी, फुलामाया ढोलीलाई चयन गरेको छ ।
प्रतिक्रिया