मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस संगठन नेपाल अछामको सहसंयोजकमा भट्ट चयन

प्रेस संगठन नेपाल अछामको सहसंयोजकमा भट्ट चयन


अछाम : प्रेस संगठन नेपाल माधव प्रचण्ड समूह जिल्ला कमिटी अछामले पदाधिकारी हेरफेर सहित सांगठनिक हित बिपरित गर्ने व्यक्तिलाई कार्बाही गरेको छ ।

संगठनले जिल्ला सह सयोजकमा डण्डिराज भट्ट, महेश रिमाल र सचीवमा कमल कुमार रावललाई चयन गरेर जिल्ला कमिटीलाई पूर्णता दिएको छ । संगठनले १९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

सांगठनिक हित बिपरित गर्ने संगठनका सह सयोजक कृष्ण बुढालाई कारर्बाही गरेको छ । यस्तै बैठकले सगठनका केन्द्रीय जिल्ला सयोजक नरेन्द्र रावलका बुवा गंग बहादुर रावलको निधन प्रती शोक प्रस्ताव पारित गरेको छ ।

प्रेस संगठन नेपाल जिल्ला कमिटी अछामका सयोजक नरेन्द्र रावलको अध्यक्षतामा सप्पन्न भेलामा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला कमिटी सदस्य तथा कार्यालय सचिब नमराज न्यौपानेको विशेष उपस्तिथि रहेको थियो ।

भेलामा प्रेस संगठन नेपालका केन्द्रिय सदस्य एकेन्द्र कुवर, राजेन्द्र कुवर, प्रदेश कमिटी सदस्य तथा नेपाल पत्रकार महासघ जिल्ला सचीव होम साउद, प्रदेस कमिटी सदस्य तपेन्द्र कुँवर, जिल्ला सचिवालय सदस्य बिक्रम परिवार, सदस्य धनराज साउद, तुलबहादुर कुवर लगायतका संगठनका नेताहरूको सहभागिता रहेको थियो ।