अछाम : जिल्लाको साँफेबगर नगरपालिकाको ९ औं कार्यपालिका बैठक सम्पन्न भएको छ ।
नगरप्रमुख कुलबहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु पारीत गरेको छ ।
कार्यपालिका बैठकले टोल विकास संस्था कार्यबिधी, नगर प्रहरी संचालन नियमावली, लेखा समिति नियमावली र बाताबरण ऎन पारित गरेको हो ।
पारित गरिएका निर्णयहरुको छिट्टै नै कार्यान्वयनका लागि अगाडि बढाइने नगरप्रमुख कुँवरले जानकारी दिए ।
कार्यपालिका बैठकमा नगर उपप्रमुख बिर्मला बूढाथापा, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्मा, विभिन्न वडाका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया