मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीले विश्वासको मत लिने, तर राजीनामा नदिने

प्रधानमन्त्रीले विश्वासको मत लिने, तर राजीनामा नदिने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विश्वासको मत लिन तयार भएको तर पदबाट राजीनामा दिने अवस्थामा नरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरुसँग विश्वासको मतसहित विभिन्न विकल्पमा लगातार छलफल गरिएको एक नेताले जानकारी दिए ।

“प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिन्छु भन्न पाउनुहुन्छ,” ती नेताले भने, “संविधानको धारा १०० मा विश्वासको मत सम्बन्धी व्यवस्था गरिएको छ ।”

संविधानको धारा १०० को (१) मा भनिएको छ–प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्न सक्नेछ ।”

उपधारा (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रधानमन्त्री निकट ती नेताका अनुसार संसद् अधिवेशन सुरु भएको एक महिनामा ‘मैले विश्वासको मत लिन्छु’ भनेर प्रधानमन्त्रीले भनेमा पाउने जिकिर गरे ।

उनका अनुसार अझ दल विभाजनको अवस्थाको टुंगो नलाग्दासम्म विश्वासको मत लिन्छु भन्नुपर्ने अवस्था पनि नरहेको बताए ।