मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाखातिर पस्की हिड्ने भाका पनि बोक्नुपर्छ

पाखातिर पस्की हिड्ने भाका पनि बोक्नुपर्छ


  • अमरदीप शर्मा

उड्ने पंख हुतिहारा चाप छाम्न जान्दैन कि
साहारा मै बाच्ने मान्छे ईश्वर पनि मान्दैन कि

मनको बह जतासुकै अवयव छर्दै हिड्छ
भरी पेट मात्तिएर मलाई आफ्नो ठान्दैन कि !

प्रश्न सोध्ने उसैका हुन ईश्वर मेरो आफ्नै भन्ने
अन्धो भए हुन्छ, पुज्छन, ईश्वर नै छान्दैन कि

पाखातिर पस्की हिड्ने भाका पनि बोक्नुपर्छ
मृत्यु सायद शरिरको समवेदना धान्दैन कि !!

लेखक शर्मा साँफेबगर नगरपालिका अछामका निमित्त प्रमुख प्रशासकीय अधिकृत हुन्।