मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विप्लव समूहसँग छिट्टै वार्ता हुन्छ : प्रधानमन्त्री

विप्लव समूहसँग छिट्टै वार्ता हुन्छ : प्रधानमन्त्री


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग छिट्टै वार्ता हुने बताएका छन्। 

झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्कको आइतबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले शान्ति सुरक्षामा चुनौती मानिएको विप्लव समूहसँग छिट्टै वार्ता हुने बताएका हुन्।

‘विप्लव समूहको समस्याको वार्ताबाट समस्या समाधान गर्नेछौं। भव्य कार्यक्रममा तपाईहरुले छिटै टेलिभिजनबाट हेर्नु हुनेछ,’ उनले कार्यक्रममा भने।

सरकारसँगको वार्ताका लागि तयार रहेको विप्लव समूहले यसअघि नै बताइसकेको छ।