अछाम : जिल्लाको साफेबगर नगरपालिकाले आफ्नो छैटौ नगर सभा सम्पन्न भएको छ । नगर प्रमुख कुल बहादुर कुवरको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले चार वटा बिधेयक पारित गरेको छ ।
साफेबगर नगरपालीकाको टोल बिकास संस्था गठन तथा परिचालन कार्यबिधी २०७७ पारीत गरिएको छ । नगर प्रहरी संचालन तथा ब्यवस्थापन नियमावली २०७७, साफेबगर नगरपालीकाको लेखा समिती गठन तथा संचालन नियमवाली २०७७, नगरपालीकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्वन्धमा बनेको विधेयक २०७७ समेत पारित गरेको छ ।
सभामा न्यायिक समितिको प्रतिबेदन, अनुगमन समितीको प्रतिबेदन प्रस्तुत गरएिको थियो । सभाले साफेबगर नगरपालीकाको राजश्वका थप दर तथा दायराहरु समेत अनुमोदन गरेको छ । छैठो नगर सभा मार्फत नै लेखा समितीको समेत गठन गरिएको छ ।
प्रतिक्रिया