मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्यका सहयोगी युनीट सुधार गरे मात्रै समग्र प्रणाली राम्रो हुन्छ : निर्देशक डा. अवस्थी

स्वास्थ्यका सहयोगी युनीट सुधार गरे मात्रै समग्र प्रणाली राम्रो हुन्छ : निर्देशक डा. अवस्थी


धनगढी : सुदूरपश्चिम प्रदेशका प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले आजसम्म आफुले एकदमै कम मात्र बिदा लिएर काम गरेको बताएका छन् । यस प्रदेशको स्वास्थ्य सुधारका लागि आफु जहिले पनि सक्रिय भएर लागेको बताएका हुन् ।

धनगढीमा आयोजित eLMIS प्रयोगकर्ता सम्बन्धी तालिमको समापन गर्दै डा. अवस्थीले सुरुका दिनमा कागजमा रिपोर्ट बनाएर काठमाण्डौँ पठाउनु परेको बाध्यता स्मरण गर्दै त्यो समस्या बाट मुक्ती मिलेको बताए ।

रिपोर्ट काठमाण्डौँ पुग्न धेरै समय लाग्थ्यो, कहिले बाटो बन्द कहिले पहिरो लगायतका समस्याले समयमा रिपोर्ट पुग्दैन थियो डा. अवस्थीले भने अहिले बिद्युतिय प्रणाली eLMIS सुरु भएपछि रिपोर्टगंमा सुदूरपश्चिम पहिलो प्रदेश भएकोमा खुशी व्यक्त गरे ।

एक अर्को प्रसंगमा बोल्दै निर्देशक डा. अवस्थीले स्वास्थ्यलाई प्रभावकारी, गुणस्तरिय र नागरिकमुखी बनाउन यसका सहयोगी यूनीटहरुलाई पनि संगसंगै सुधार गरे मात्र समग्र स्वास्थ्य प्रणाली राम्रो हुने बताए ।

समापन कार्यक्रममा प्रदेश आपूर्ती व्यावसथापन केन्द्रका निमित्त निर्देशक पदम बिष्टले तालिममा सिकेका कुरालाई व्यावहारमा लागु गर्न आग्रह गरे । eLMIS तालिम पश्चात यस प्रदेशको तथ्यांक अझै राम्रो हुनेमा उनले बिश्वास व्यक्त गरे । रियल टाईममा प्राप्त तथ्यांकले सुद्धता कायम हुनका साथै स्वास्थ्य सेवा आपुर्ती प्रणाली पनि राम्रो हुने उनको भनाई थियो ।

LMIS रिपार्टगंमा सुदूरपश्चिम प्रदेश देशभरमा पहिलो नम्बरमा रहेको छ । हालसम्मको रिपोर्टिंगको तथ्यांक हेर्दा सुदूरपश्चिम प्रदेशको ९६ प्रतिशत अंक रहेको छ ।

प्रदेशका ९ वटै जिल्लाका तथ्यांक तथा स्टोर शाखाका कर्मचारीहरुका लागि आयोजित ३ दिन तालिमको आज समापन गरिएको थियो । तालिमको सहजिकरण प्रदेश आपूर्तिका फार्मासिष्ट जयन्द्र बोगटी, तथ्यांक सहायक डिएन गिरी,LMIS अधिकृत डा. दुर्गा ढुंगाना र कर्णाली प्रदेशका LMIS अधिकृत दलबहादुर डाँगीले गरेका थिए।