मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीनबुँदे सहमतिको व्याख्या स्पष्ट भएन : कांग्रेस

तीनबुँदे सहमतिको व्याख्या स्पष्ट भएन : कांग्रेस


काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसले नेत्रविक्रम चन्द विप्लव समूहसँग गरेको सहमतिको स्वागत गरेको छ ।

आज बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सुरु भएपछि प्रतिक्रिया दिँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले  विप्लवसँग भएको तीनबुँदे सहमतिको व्याख्या स्पष्ट नभएको बताए ।

संविधानअनुसार व्याख्या हुनुपर्ने उनको भनाइ छ । सहमति गर्दा प्रतिपक्षी दललाई जानकारी नदिएको भन्दै उनले असन्तुष्टि पनि व्यक्त गरे ।

उनले दशवर्षे माओवादी द्वन्द्वको समाधान गर्दा कांग्रेसले सबैलाई विश्वासमा लिएको स्मरण गर्दै अहिलेको सरकारले अरुलाई विश्वासमा लिने ल्याकत नराखेको टिप्पणी गरे ।