मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु, एमालेमा लागेका नेताहरूलाई पनि निम्तो

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु, एमालेमा लागेका नेताहरूलाई पनि निम्तो


काठमाण्डौ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

सर्वोच्च अदालतले नेकपालाई वैधता नदिएर एमाले र माओवादी केन्द्र बिउँताइदिएपछि माओवादी केन्द्रको पहिलो स्थायी कमिटीको बैठक सुरु भएको हो । 

बैठकमा सर्वोच्चको फैसलामाथि कानुनी उपचारमा जाने र अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने स्थायी कमिटीका सदस्य लीलामणि पोखरेलले उज्यालोलाई जानकारी दिए ।

माओवादी केन्द्रले मङ्गलवारकाे बैठकका लागि एमालेमा गइसकेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र मणिचन्द्र थापालाई पनि बोलाएको छ ।

यद्यपि एमाले खेमामा लागेका नेताहरू अहिलेसम्म पेरिसडाँडा नपुगेको पोखरेलले जानकारी दिए ।