काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक चैत १ गते बस्ने एमालेका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
सर्वाेच्चको फैसलासँगै साविकको एमाले ब्युतिएपछि पहिलो बैठक बस्न लागेको हो । यसअघि गुटगत भेला भएका थिए ।
वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरुको बिहीबारको भेलाले पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तत्काल बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको थियो ।
एमाले केन्द्रीय कमिटीमा हाल २०३ सदस्य कायम छन् ।
प्रतिक्रिया