मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोलि भुलाउछ तिम्रो यादले

भोलि भुलाउछ तिम्रो यादले


  • अमरदीप शर्मा

आँसु पिउदिन म पिलाउछ तिम्रो यादले
एक अनौठो एहसास दिलाउछ तिम्रो यादले !

घरीघरी तारा गन्नेले तिम्लाई जून भनेपछी
धर्ती आकाशको सम्बन्ध सिलाउछ तिम्रो यादले !!

रातको बातै मीठो आजभोलीको
औसि हू जूनको घातै मीठो आज भोलिको

हरेक बिहान तापको राप दिन्छ सपनाको
आफन्ती दु:ख साच्चै मिलाउछ तिम्रो यादले !!!

जाल बनाउने इन्द्र पनि आफ्नै जालमा
कोटि नमन इश्वरीपन नाच्छ आफ्नै तालमा
अस्ति पर्खिदा भोलि भुलाउछ तिम्रो यादले !!!!