मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीले एकलौटी बनाए सातवटै प्रदेशका अध्यक्ष-सचिव (सूचीसहित)

ओलीले एकलौटी बनाए सातवटै प्रदेशका अध्यक्ष-सचिव (सूचीसहित)


काठमाडौं । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटा प्रदेशका अध्यक्ष परिवर्तन गरेका छन् । आज बालुवाटारमा बसेको ओलीपक्षीय बैठकले एकपक्षीय रुपमा अध्यक्ष र सचिव परिवर्तन गरेको हो ।

नवनियुक्त अध्यक्ष-सचिवमा एकजना पनि झलनाथ-माधव पक्षका छैनन् । आजको बैठकले मंसिर २-६ गतेसम्म पार्टीको १०औं महाधिवेशनको आयोजना गर्ने निर्णय गरेको केन्द्रीय सदस्य खिमलाल भट्टराईले जानकारी दिए । स्थान भने तय नभएको उनले बताए ।

उनका अनुसार प्रदेश १ को अध्यक्ष देवराज घिमिरे, सचिवमा विनोद ढकाल, प्रदेश २ को अध्यक्षमा प्रभु साह, सचिवमा सुमन प्याकुरेल छन् ।

त्यस्तै वाग्मती प्रदेशको अध्यक्षमा आनन्द पोखरेल, सचिव खेम लोहनी, गण्डकीको अध्यक्षमा जगत विश्वकर्मा सचिवमा गोविन्द नेपाली छन् ।

लुम्बिनीको अध्यक्षमा लीला गिरी, सचिवमा खेममान खड्का, कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह चयन भएका छन् भने सचिवमा धर्मराज रेग्मी चयन गरिएको छ ।

सुदूरपश्चिमा कर्ण थापा र सचिवमा कञ्चनपुरका राजेन्द्रसिंह रावललाई चयन गरिएको छ ।