मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खनाल-नेपालद्वारा ओली निर्णय अस्वीकार

खनाल-नेपालद्वारा ओली निर्णय अस्वीकार


काठमाडौं । नेकपा एमाले खनाल-नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो निर्णयको भर्त्सना गरेको छ । शनिबार राजधानीमा बसेको खनाल-नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले ओलीको निर्णय अस्वीकार गरेको हो ।

बैठकले ओलीको निर्णय एमालेको एकता टुटाउने, पार्टी फुटाउनेखालको भएको निष्कर्ष निकालेको नेता भीम रावलले जानकारी दिए ।

ओली पक्षको केन्द्रीय कमिटी बैठकले शुक्रबार खनाल-नेपालपक्षीय नेताहरुको जिम्मेवारी खोस्दै आफूपक्षीय २३ जनालाई केन्द्रीय कमिटीमा मनोनयन गरेको थियो । आजको बैठकले त्यस निर्णयको निन्दा गरेको रावलले बताए । उक्त निर्णय एमालेको विधानविपरीत भएको उनको भनाइ छ ।

“एमालेको विधानविपरीत, नियमावलीविपरीत, अवैध छ, हास्यापद छ,” उनले भने ।

ओलीले शुक्रबार बालुवाटारमा गुटको भेला गरेको भन्दै उनले त्यसबारे आफूसहितका केन्द्रीय सदस्यहरुलाई जानकारी समेत नगराइएको बताए ।