मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिला अधिकारकर्मीद्धारा आत्महत्याको घटना बढ्दै गएको भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षण

महिला अधिकारकर्मीद्धारा आत्महत्याको घटना बढ्दै गएको भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षण


अछाम : जिल्लाका महिला अधिकारकर्मीहरुले दिनप्रतिदिन आत्महत्याको घटना बढ्दै गएको भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका छन् ।

महिला अधिकारर्मीहरुले सयुक्त रुपमा बिज्ञप्ती जारी गर्दे घरेलु हिसा,मदिरा,कुसंस्कारका कारण आत्महत्याका घटना बढ्न थालेको भन्दै यसलाई रोकथामका लागी सम्बन्धित निकायले पहल चाल्न आग्रह गरिएको छ ।

अन्तराष्ट्रिय महिला दिवसकै दिन दैलेखको आठबिस गाउपालिकाका ३५ बर्षिया सुकी बडुवाल ४ छोराछोरी सहित कर्णाली नदिमा हाम फाली सामुहिक जघन्य आत्महत्याले सम्पुर्ण नेपालीको शिर निहुरीनुका साथै दुखि तुल्याएको छ ।

यसरी आत्महत्या गर्न बाध्यपार्ने समाज,परिवारलाई कुनै पनी हालतमा कानुनको दायरमा ल्याई हदैसम्मको कानुनी कार्वाहि गर्न सम्नबीत निकायलाई जोडदार माग गर्दछौ बिज्ञप्तीमा भनिएको छ । अछाममा पनी यसै बर्ष ४ जनाले आत्महत्या गरेका र आत्महत्या गर्न बाध्य पार्ने दोषीलाई कानुनी कार्वाहि नगर्दा आत्महत्याका घटना बढ्दै गएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

मगलसेन नगरपालिका नगर उपप्रमुख सरिता उपाध्याय,अधिकारमकर्मी पशुपति कुवुर, मनु महत, दुतकला बिष्ट,अन्जु मल्ल शाह, सिता बिष्ट, लक्ष्मी बोगटी, मनकला न्यौपाने, मेनुका ढुंगाना, मिना ढुंगाना लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी रुद्र मल्ललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।