मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थपिए ७९ संक्रमित, ८९५ जना आइसोलेसनमा

थपिए ७९ संक्रमित, ८९५ जना आइसोलेसनमा


काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड–१९ का ७९ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा तीन हजार ३११ जनाको पीसीआर परीक्षण गरिएकोमा ७९ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ३१० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७१ हजार ४०१ पुगेको छ ।

हाल देशभर ८९५ जना आइसोलेसनमा र ४४ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु पुष्टि भएको छैन । शनिबारसम्म नेपालमा कोभिड–१९ का कारण तीन हजार १४ जनाले ज्यान गुमाइसकेको मन्त्रालयले जनाएको छ ।