काठमाण्डाै – भारत र इङ्ग्ल्याण्डबीचको बाँकी तीन वटा टी-२० खेल बन्द रङ्गशालामा हुने भएका छन् ।
गुजरातमा कोरोना भाइरस सङ्क्रमण दर बढ्दै गएकाले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर बाँकी तीन खेल बन्द रङ्गशालामा गर्न लागिएको हो ।
यसअघि भएका दुई वटा टी-२० खेलमा सीमित दर्शकलाई मैदानमा प्रवेश गराइएको थियो । खेल हेर्नका लागि यसअघि खरिद भएका टिकटको रकम फिर्ता गर्ने गुजरात क्रिकेट सङ्घले जनाएको छ।
गुजरात क्रिकेट सङ्घले बीसीसीआईसँगको छलफलपछि खेल बन्द रङ्गशालामा गर्ने र टिकटको रकम फिर्ता गर्ने निर्णय गरेको हो । भारत र इङ्ग्ल्याण्डबीच आज एउटा खेल हुनेछ भने बाँकी दुई खेल बिहीवार र शनिवार अहमदाबादमा हुनेछ ।
पाँच खेलको टी-२० श्रृङ्खलामा एक/एकको बराबरीमा छ ।
प्रतिक्रिया