मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

को को गए राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा ?

को को गए राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा ?


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सर्वदलीय बैठक शीतल निवासमा सुरू भएको छ। बैठक अहिले साढे ४ बजे सुरू भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

सर्वदलीय बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली , उपप्रधानमन्त्री ईश्वर पोख्रेल ,अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा सहभागी छन्।

एमालेका वरिष्ठ नेतासमेत रहेका पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल भने बैठकमा सहभागी छैनन्। 

त्यस्तै नेपाली कांग्रेसको तर्फबाट पूर्वप्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता  रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र उपसभापति बिमलेन्द्र निधि सहभागी छन्।

नेकपा माओवादी केन्द्रको तर्फबाट पूर्वप्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख सचेतक देव गुरुङ र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्।

यस्तै मन्त्रीपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी पनि बैठकमा सहभागी छन्।

जनता समाजवादी पार्टी नेपालको तर्फबाट अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो सहभागी छन्। जसपा संघीय परिषद्का अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई भने सहभागी छैनन्। 

नेमकिपाको तर्फबाट सांसद प्रेम सुवाल, राप्रपाको तर्फबाट अध्यक्ष प्रकाशचन्द्र लोहनी सहभागी छन्।