मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले राष्ट्रिय शिक्षा नीतिबारे सातै प्रदेशमा छलफल गर्ने

कांग्रेसले राष्ट्रिय शिक्षा नीतिबारे सातै प्रदेशमा छलफल गर्ने


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्नका लागि प्रदेश संयोजक तोकेको छ ।

कांग्रेसको शिक्षा विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य हरिप्रसाद नेपाल संयोजक रहेको विभागले तयार पारेको राष्ट्रिय शिक्षा नीतिलाई देशभर छलफल गर्ने निर्णय गर्न लागेको हो । 

कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्नका लागि संयोजकसमेत तोकेको विभागका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार  प्रदेश १ मा गोकर्ण बानियाँ, प्रदेश २ मा रघुसिंह थारू, वाग्मती प्रदेशमा दीपेन्द्र सिँजापति, गण्डकी प्रदेशमा चिनु रानाभाट, लुम्बिनी प्रदेशमा राधेश्याम पाठक, कर्णाली प्रदेशमा महेन्द्रकुमार मल्ल र सुदूरपश्चिम प्रदेशमा सुरेशराज जोशी संयोजक तोकिएका छन् । 

तोकिएका संयोजकहरुले सातवटै प्रदेशमा छलफल गरी सुझाव सङ्कलन गरिने पौडेलले बताए ।