(नाेट : खाडीका देश र मलेसिया पुगेका नेपालीलाई काम लाग्ने नेपाल सरकार र सम्बन्धित देशका सरकारले कोरोनासँग जुध्न र श्रमिकहरुको हितका लागि गरिरहेका निर्णय, सूचना, जानकारीहरु नियमित रुपमा अपडेट हुन्छ।)
अहिले विश्वका धेरै देशका नागरिक कोरोना भाइरसको महामारीसँग जुधिरहेका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विभिन्न देशले चालेका कदमले ती देशका नागरिकसँगै त्यहाँ काम गर्न गएका श्रमिकलाई प्रत्यक्ष प्रभाव पारेको छ ।
विभिन्न देशले कोरोना भाइरसको महामारीसँग जुध्नका लागि लकडाउन, सामाजिक दूरी, कर्फ्यु, एक देशबाट अर्को देशमा आउजाउ बन्द लगायतका विभिन्न प्रयासहरु गरिरहेका छन् । यसले नेपालबाट श्रम गर्न विभिन्न देश पुगेका नेपाली श्रमिकहरुलाई पनि असर पर्न थालेको छ ।
यो पेजमा हामी नेपालबाट श्रम गर्न विभिन्न देश पुगेका नेपालीलाई काम लाग्ने नेपाल सरकार र सम्बन्धित देशका सरकारले कोरोनासँग जुध्न र श्रमिकहरुको हितका लागि गरिरहेका प्रयास, सूचना, जानकारीहरु दिनेछौँ । यस्ता जानकारी धेरैभन्दा धेरै व्यक्तिहरुमा पुगोस् भनेर तपाईँ पनि शेयर गर्नुहोस् है ।
अहिले विभिन्न देशमा रहेका नेपाली दुतावासले नेपालीहरुको तथ्यांक संकलन गरिरहेका छन् । तपाईँ पनि तल दिइएको देश अनुसारको लिंकमा गएर आफ्नो विवरण भर्न सक्नुहुन्छ।
मलेसिया https://docs.google.com/forms/d/e/1FAIpQLSeD5NXRgOhQEIjjZ93aFeC4pyeE8ssMqd98ba7IDcajO3v4-A/viewform
कुवेत https://kw.nepalembassy.gov.np/information-collection-form/
यूएई https://ae.nepalembassy.gov.np/registration-form-for-nepali-nationals-in-the-uae/
कतार https://forms.gle/3sGi4fWpHVQCVsEX7
ओमान https://om.nepalembassy.gov.np/information-collection-form/
इजरायल र साइप्रस https://il.nepalembassy.gov.np/emergency-registration-form/
विभिन्न देशमा रहेका नेपाली दूतावासहरुले आफ्नो फेसबुक पेज मार्फत छिटो सूचना प्रवाह गरिरहेका छन्। तलका लिंकमा गएर दुतावासले सम्प्रेषण गरेका सूचनाहरु पढ्न सकिन्छ।
मलेसिया (Malaysia)
साउदी अरेविया
कुवेत (Kuwait)
यूएई (UAE)
कतार (Qatar)
बहराइन (Bahrain)
ओमान (Oman)
इजरायल (Israel)
भारत (India)
प्रतिक्रिया