मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिकाद्धारा मेलमिलापकर्तालाइ सपथग्रहण सहित जिम्मेवारी प्रदान

मंगलसेन नगरपालिकाद्धारा मेलमिलापकर्तालाइ सपथग्रहण सहित जिम्मेवारी प्रदान


अछाम : मंगलसेन नगरपालिकाले नगरको मेलमिलाप समितिमा सूचिकृत भएका मेलमिलापकर्ताहरुलाई सपथ ग्रहण सहित जिम्मेवारी प्रदान गरेको छ । मेलमिलाप कार्यविधि -२०७७  अन्तरगत रही नगरले ५ जना मेलमिलापकर्ताहरुलाइ सूचिकृत गराई जिम्मेवारी समेत प्रदान गरिएको हो ।

न्यायीक समिति संयोजक तथा नगर उपप्रमुख सरिता उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख पदमबहादुर बोहरा प्रमुख अतिथि रहेका थिए । नेपालको संविधान अन्तरगत स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४६ बमोजिम गठित न्यायीक समितिलाई कार्यसम्पादन गर्न सहजताका लागि मेलमिलाप सहजकर्ताको व्यवस्था गर्न नगरले कार्यविध बनाइ कार्य अघि बढाएको छ ।

मेलमिलापकर्ताहरुलाइ नगरप्रमुख बोहराले टिकाग्रहण गराइ मेलमिलाप कार्यविधि हस्तान्तरण गर्नुभएको थियो भने उपप्रमुख उपाध्यायले मेलमिलापकर्तालाइ सपथग्रहण गराएका हुन् ।

सपथग्रहण कार्यक्रममा न्यायीक मेलमिलाप समिति सदस्य तथा वडा नम्वर ३ का अध्यक्ष पदमसिंह भाट, सामाजिक विकास समिति संयोजक तथा ४ नम्वर वडा अध्यक्ष पदम धामी, सुशासन समिति संयोजक तथा ६ नम्वर वडा अध्यक्ष जनकराज भण्डारी,  वडानम्वर १३ का अध्यक्ष प्रेम बहादुर थापा र एम आइ एस अपरेटर होम बहादुर साउदको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन न्यायीक समिति उजुरी प्रशासक नरेश बहादुर कठायतले गर्नुभएको थियो ।